बेलायतमा पहिलो पटक भारतीय मूलका ऋषि सुनक प्रधानमन्त्री बन्दै

काठमाडौं । बेलायतको इतिहासमा आज मंगलबार पहिलो पटक भारतीय मूलका ऋषि सुनक प्रधानमन्त्री बन्दै हुनुहुन्छ । सोमबार सत्तारूढ कन्जर्भेटिभ पार्टीको नेता चुनिएसँगै सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हो । सुनकलाई मगंलबार बेलायतका राजा चाल्र्सले प्रधानमन्त्रीमा नियुक्त गर्नुहुने छ । सुनक बेलायतको इतिहासमा पहिलो अश्वेत तथा एशियाली मूलका प्रधानमन्त्री बन्ने बीबीसीले जनाएको छ । […]

सम्बन्धित सामग्री

बेलायतमा सरकारविरुद्ध ५ लाख नागरिक सडकमा

१९ माघ, काठमाडौं । बेलायतमा प्रधानमन्त्री ऋषि सुनक नेतृत्वको सरकारविरुद्ध ५ लाखभन्दा बढी मानिस सडकमा उत्रिएका छन् । बुधबार राजधानी लण्डनको सडकमा यो दशककै सबैभन्दा ठूलो प्रदरश्न भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । अधिकांश शिक्षक, निजामती कर्मचारी र रेल चालकहरू सहभागी आन्दोलनको प्रमुख माग तलब वृद्धि रहेको छ । साथै, प्रदर्शनकारीले मुद्रास्फिति नियन्त्रण गर्न […]

ऋषि सुनक औपचारिकरूपमा बेलायतको प्रधानमन्त्री नियुक्त

ऋषि सुनक औपचारिकरूपमा बेलायतको प्रधानमन्त्री बन्नुभएको छ । राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक ५७ औँ प्रधानमन्त्री बन्नुभएको बीबीसीले जनाएको छ । बकिङ्घम दरबारमा भएको भेटमा राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गर्नुभएको हो । सुनक बेलायती प्रधानमन्त्री बन्ने पहिलो एसियाली मूलका नागरिक हुनुहुन्छ । ४२ वर्षका सुनक दुई सय वर्षको इतिहासमा बेलायतको कान्छो प्रधानमन्त्री पनि बन्नुभएको छ । बेलायतमा यसअघि देखिएको राजनीतिक र आर्थिक समस्यापछि उहाँ स्थिरताको वाचासहित पद सम्हाल्न लाग्नुभएको हो । प्रधानमन्...

क्रिश्चियन बाहुल्यता रहेको बेलायतमा ऋषि सुनक पहिलो हिन्दू प्रधानमन्त्री

एजेन्सी । भारतीय मूलका हिन्दू नागरिक ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् । उनलाई बेलायतका राजा चाल्र्सले प्रधानमन्त्री नियुक्त गरेपछि औपचारिक रुपमा पद सम्हाल्नेछन् । ऋषि आबद्ध कन्जरभेटिभ पार्टीका बहुमत सांसदले सोमबार उनलाई नेता चयन गरेपछि उनी प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । ऋषिले बेलायतको प्रधानमन्त्री बनेर इतिहास समेत रचेका छन् । क्रिश्चियन बाहुल्यता […]

भारतीय मूलका ऋषि सुनक आज औपचारिक रुपमा बेलायतको प्रधानमन्त्रीमा नियुक्त हुँदै

कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । भारतीय मूलका सुनक बेलायतको प्रधानमन्त्री बन्नुहुने भएको हो । प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनक प्रधानमन्त्री बन्न लाग्नुभएको हो । ट्रस बेलायतको इतिहासमा सबैभन्दा कम समय प्रधानमन्त्री बन्नुभयो ।  औपचारिक रुपमा आज प्रधानमन्त्रीमा नियुक्त हुन लागेका सुनक पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सरेका भारतीय मूलका आमाबाबुका सन्तान हुनुहुन्छ । बेलायतले आर्थिक चुनौतीको सामना गरिरहेको बेला सुनकले कार्यभ...

ऋषि सुनक : ७ वर्ष सक्रिय राजनीति, ४२ वर्षमै प्रधानमन्त्री

७ कात्तिक, काठमाडौं । अन्ततः ४२ वर्षीय ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने पक्का भएको छ । विश्वका ३० भन्दा बढी देशमा भारतीय मूलका नेताहरू शासनसत्तामा पुगेका छन्, तर सुनकको सफलता अरूको भन्दा विशिष्ट छ ।  लामो समय भारतमा बेलायतको उपनिवेश रह्यो । सुनक भारतीय मूलका नागरिक हुन् र उनले अब केही समय बेलायतमा शासन गर्नेछन् […]

बेलायतमा भारतीय मूलका ऋषी सुनक नयाँ प्रधानमन्त्री बन्ने निश्चित

एजेन्सी । बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोन्सन पुनः प्रधानमन्त्री बन्ने दौडबाट बाहिरिएपछि ऋषि सुनक नयाँ प्रधानमन्त्री बन्ने सम्भावना प्रबल भएको छ । प्रधानमन्त्री लिज ट्रसले राजिनामा दिएपछि बेलायतमा नयाँ प्रधानमन्त्रीको खोजी सुरु भएको छ । पूर्व प्रधानमन्त्री जोन्सनले फेरी प्रधानमन्त्री हुने इच्छा देखाउँदा राजनीतिक सरगर्मी बढेको थियो । तर आइतबार राति ऋषि सुनकसँगको छलफलपछि जोन्सनले […]

बेलायतीमा नयाँ प्रधानमन्त्रीको खोजी , होडमा सुनक र जोन्सन अघि

बेलायतमा सत्तारुढ कन्जरभेटिभ पार्टीको नेता तथा प्रधानमन्त्री बन्ने होडमा ऋषि सुनक अग्रस्थानमा देखिएका छन्। उनले पार्टी नेता तथा प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा सामेल हुनका लागि चाहिने १०० सांसदको समर्थन लगभग पूरा गरेका छन् । मनोनयन दर्ताका लागि १०० सांसदको समर्थन चाहिन्छ । ३५७ सांसद रहेको ट्रोय पार्टीका तीन नेता मात्रै प्रधानमन्त्रीको होडमा सामेल हुन पाउँछन् । […]

बेलायतमा आज नयाँ कन्जरभेटिभ नेता चयन हुँदै

बेलायतमा आज नयाँ कन्जरभेटिभ नेता छनोट हुँदै छन् । छानिएका नेता देशको नयाँ प्रधानमन्त्री हुनेछन् । नेता चयन गर्न केही सातादेखि विभिन्न चरणमा मतदान भएको थियो । नेता बन्ने दौडमा विदेशमन्त्री लिज ट्रस र पूर्वअर्थमन्त्री ऋषि सुनक छन् । भावी कन्जरभेटिभ नेतामा ट्रसको सम्भावना धेरै रहेको विभिन्न सर्वेक्षणले देखाएका छन् । निर्वाचित भएमा ट्रस मारगेट थ्याचर र थेरेसा मेपछि देशको तेस्रो प्रधानमन्त्री हुनेछिन् । मतदान गर्न योग्य अनुमानित २ लाख टोरी सदस्यहरूबाट हुने नेतृत्व चयनका लागि ४७ वर्षीय ट्रस आफ्ना

बेलायतमा प्रधानमन्त्रीमा सुनक र ट्रसबीच अन्तिम भिडन्त हुँदै

काठमाडौं । बेलायतमा नयाँ प्रधानमन्त्रीका लागि पूर्व अर्थमन्त्री ऋषि सुनक र पूर्व विदेशमन्त्री लिज ट्रसबीच अन्तिम भिडन्त हुने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले पदत्याग गर्ने घोषणा गरेकाले उहाँको स्थान लिन सत्तारुढ कञ्जरभेटिभ दलभित्र सांसदहरुबीच उम्मेदवार चयनका लागि भएको मतदानबाट सुनक र लिज उम्मेदवार चयन भएका हुन् । संसदीय दलमा भएको पाँचौं तथा अन्तिम मतदानमा […]

भागवत् गीता छोएर सपथ लिने ऋषि सुनक के बेलायतको प्रधानमन्त्री बन्लान्

एजेन्सी, ४ साउन । बेलायतको सांसद भएपछि ऋषि सुनकले भागवत गीता छोएर शपथ लिएका थिए । भारतीय मूलका हिन्दू धर्मालम्बी उनै सुनक अहिले बेलायतको भावी प्रधानमन्त्रीको दौडमा अग्रस्थानमा छन् । ऋषि सुनक प्रधानमन्त्रीको दौड जिते बेलायतको राजनीतिक इतिहासमा नयाँ किर्तिमान रचिनेछ । बेलायतमा पहलिोपटक गैर बेलायती र गैरइशाई प्रधानमन्त्री हुनेछन् । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको […]