हेटौंडा : बागमती प्रदेश सरकारले प्रदेशको धातुजन्य खनिजको २७ वटा खानी पहिचान गरेको छ।उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार सरकारले प्रदेशको ६ जिल्लामा २७ वटा खानीको पहिचान गरेको हो। मन्त्रालयको उद्योग शाखाका अधिकृत हेम पाठकले सरकारले फलाम, तामा, चाँदी, टिन, युरेनियम र बेरिलियम (खैरो धातु) को खानी पहिचान गरेको जानकारी दिए।तीमध्ये विश्वमा नै सबैभन्दा शक्तिशाली र बहुमूल्य रहेको युरेनियम खानी बागमती प्रदेशको दुईवटा जिल्लामा पहिचान भएको छ। पाठकका अनुसार मन्त्रालयले गरेको अध्ययनअनुसार मकवान