काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा आज बिहानदेखि जारी गरेको निषेधाज्ञामा ३२ सय प्रहरी परिचालन गरेको छ । कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्न थालेपछि रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा निषेधाज्ञालाई कडा बनाइएको हो । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको निषेधाज्ञालाई प्रभावकारी बनाउन प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरेको छ। निषेधाज्ञाको मतलब नगरी र […]