लालपुर्जा वितरणलगायतका सबै काम रोक्न भूमि आयोगलाई निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्य स्थगन गरी सोको जानकारी दुई दिनभित्र दिन निर्देशन दिएको छ ।निर्वाचन घोषणा भई आवश्यक तयारीका काम भइरहेको तथा असोज २ र ३ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनका लागि बन्दसूची पेस गर्ने कार्यक्रमसहित अन्य कार्यक्रम सञ्चालन हुने गरी राजपत्रमा सूचना प्रकाशित भइसकेको भन्दै आयोगले यस्तो निर्वाचनको निष्पक्षताका लागि यस्तो निर्देशन द