युभेन्टसले उत्कृष्ट प्रदर्शन गर्दै जेनिट सेन्ट पिटर्सबर्गलाई ४–२ ले हराउँदै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । खेलमा अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला नायक बने । उनले दुई गोल गर्नुका साथै एउटा गोलको अवसर सिर्जना गरे ।डिबालाले ११ औँ मिनेटमा गोल गर्दै युभेलाई अग्रता दिलाए पनि लियोनार्डो बोनुचीको आत्मघाती गोलमा जेनिट खेलमा फर्किएको थियो । दोस्रो हाफको शुरुवातमा नै डिबालाले पुनः युभेलाई अग्रता दिलाए । फेडेरिको चिएसाले त्यसपछि युभेका लागि तेस्रो गोल गरे भने डिबालाकै&n