देउडा संरक्षणका लागि संस्कृति मञ्च

देउडा संरक्षण गर्न हुम्लाको सिमकोट गाउँपालिकामा देउडा संस्कृति मञ्च लागिपरेको छ । मञ्च प्रत्येक महिना देउडा गीत गायन आयोजना गर्दै यसको जगेर्नामा लागेको हो । २०८० साल वैशाख १ देखि देउडा, ढाल, दमायालगायतका संस्कृति संरक्षणका लागि देउडा कार्यक्रम सुरु गरिएको हो । देउडा संस्कृतिप्रति नयाँ पुस्ताको रुची नदेखिँदा गाउँका स्थानीयले देउडा संस्कृति मञ्च गठन गरी यस्तो कार्य सुरु गरेका हुन् । गत वैशाखदेखि हुम्लाको सिमकोटमा महिनाको दुई दिन १ र १५ गते देउडा प्रतियोगिता हुने गरेको छ ।