समाजवादीले एमसिसी संसद्मा टेबल गर्न दिने

काठमाडाैं : नेकपा (एकीकृत समाजवादी) ले अमेरिकी सहयाेग परियाेजना एमसिसी सम्झौतालाई संसद्‍मा टेबल गर्न नरोक्ने निर्णय गरेकाे छ।शनिबार बसेकाे पार्टी स्थायी कमिटी बैठकले एमसिसी संसद्‍मा टेबल गर्न नराेक्ने तर यथास्थितिमा पारित गर्न भने नदिने निर्णय गरेकाे हाे। पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले संशोधन गरेरमात्र एमसिसी पारित गर्न सकिने पार्टीको धारणा रहेको उनले बताए।यसबारे थप निर्णय गर्नुपरे बैठकले थप अधिकार केन्द्रीय सचिवालयलाई दिएको पनि खतिवडाले जानकारी दिए। ‘एमसिसी टेबल गर्ने कुरामा हाम