डोटी - जिल्ला प्रशासन कार्यालय अछामले सदरमुकाम मङ्गलसेनका विभिन्न ठाउँलाई अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेको छ ।
अछामको पञ्चदेवल विनायक–४ का विनोद शाहीको ज्यान गएकाे घटनालाई लिएर दैनिक प्रदर्शन हुन थालेपछि आज बिहानदेखि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएकाे जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपेश रिजालले बताउनुभयो ।
उहाँले भन्नुभयो, 'विनोद शाहीको मृत्यु प्रकरणमा केही व्यक्ति पक्राउ पर्नु भएको छ, प्रहरीले पक्राउ परेकालाई अदालतसम्म लैजाने अवस्था नरहेकाले अनिश्च...