ग्यास्ट्राइटिस कम गर्न यस्ता कुरामा विशेष ध्यान दिन जरुरी

ग्यास्ट्राइटिस नेपालीको आमसमस्या हो । अव्यवस्थित जीवनशैली र खानपानका कारण मानिसमा ग्यास्ट्राइटिस हुने गर्छ । यो पेटको समस्या हो । यसैबाट अनेक रोग जन्मने गर्छ । त्यसैले यसको समयमै उपचार गर्न जरुरी हुन्छ । ग्यास्ट्राइटिस कम गर्न खानाको पनि विशेष भूमिका हुने भएकाले यसमा विशेष ध्यान दिन जरुरी हुन्छ । एन्टिअक्सिडेन्टयुक्त खाना ग्यास्ट्राइटिसको समस्या भएकाले एन्टिअक्सिडेन्टयुक्त खाद्यपदार्थको प्रयोग गर्नुपर्छ । जस्तो कि– भिटामिन सी, ए, फ्ल्याभोनोइड, क्यारोटेनोइड, फाइटोकेमिकलयुक्त खाद्यपदार्थको सेवन गर्नुपर्छ । जसले सुन्निएको पेटको ...