धनुषाका धानुक दासको हत्या आरोपमा जेठी श्रीमती र छोरासहित ३ जना पक्राउ

धनुषा – धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ का ४० वर्षीय धानुक दासको हत्यामा संलग्न रहेको आरोपमा जेठी श्रीमती र छोरासहित तीन जना पक्राउ परेका छन् । प्रहरीले किरिया बसेका २० वर्षका छोरासहित तीन जनालाई पक्राउ गरेको हो । गएको पुस १० गते भएकाे हत्यामा संलग्न मुख्य व्यक्ति फरार रहेको र उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । सम्पत्ति विवादको कारणले परिवारकै संलग्नतामा हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनाबारे थप अनुसन्धान भैरहेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकार...