निर्वाचनमा अन्तर्घात भएको छैन, प्रमाण भेटिए कारबाही हुन्छ: सभापति लामा

नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले गत मङ्सिर ४ गते भएको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारमाथि अन्तर्घात नभएको भन्दै प्रमाण भेटिए कारबाही गरिने बताएका छन् । आइतबार हेटौँडामा कांग्रेस जिल्ला समितिको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै सभापति लामाले गठबन्धनका उम्मेदवारलाई अन्तर्घात भएको भन्दै सामाजिक सञ्जाल र केही सञ्चार माध्यमबाट अपुष्ट प्रचार आएकाले आधारहीन कुरामा विश्वास नगर्न पार्टी तथा गठबन्धनका नेता कार्यकर्तामा आग्रह गरेका हुन् ।विशेष गरी प्रतिनिधि सभा क्षेत

सम्बन्धित सामग्री

जसपाको छानबिन समितिले थाल्यो काम, निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही हुने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठकद्वारा गठित छानबिन समितिले आफ्नो काम थालेको छ । २०७९ मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूको विरुद्ध उम्मेदवारी दिने, पार्टीभित्र अन्तर्घात गर्ने, निष्क्रिय रहने, असहयोग गर्ने, पार्टीविरुद्ध गतिविधि गर्ने संघीय परिषद् सदस्य तथा केन्द्रीय समितिका सदस्यहरूमाथि छानबिन हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए  । त्यसका लागि पार्टीको प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति र स्थानीय समितिहरूसँग उपलब्ध सबुत प्रमाणहरू, चिठी पत्र, भ्वाइस रेकर्ड र सामाजिक सञ्जालमा प्रयोग गरिएका प्रमाण लगायत प्रचारप्रसार सामाग्री उपलब्ध गराउन छानबिन समितिले माग गरेको उनको भनाई छ ।  ...