काठमाण्डाै - सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सकिँदैछ ।
मच्छिन्द्रनाथलाई लगनमा रहेको रथबाट निकालेर खटमा राखेर सिन्दुर जात्रासहित जनबहालमा रहेको सेतो मच्छिन्द्रनाथको मन्दिरमा नै फिर्ता लगेपछि रथयात्रा सकिनेछ ।
आज मूर्तिलाई खतमा राखेर लगनबाट दलाछि, भीमसेनस्थान, मरु हुँदै जनबहालमा रहेको मन्दिरमा लगिनेछ । गएको ७ गते जमलको तीनधारा पाठशालाबाट रथ तानेर सुरु भएको जात्रा लगन टोलबाट जनबहालमा मूर्तिलाई फिर्ता लगिएपछि सकिने गर्दछ ।
गएकाे वर्ष कोरोना महामारीबाट बच्न लकडाउन जारी गरिएपछि सेतो मच्छिन्द्रनाथको र...