मुस्ताङमा कांग्रेसकाे 'क्लिन स्वीप'

काठमाण्डाै – मुस्ताङको प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका विकल शेरचन विजयी बन्नुभएको छ । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई एक सय ५८ मतले पराजित गर्नुभएको हो । दुई हजार सात सय ३० मतसहित शेरचन विजयी बन्दा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका गौचनले दुई हजार पाँच सय ६५ मत प्राप्त गर्नुभएको थियो ।  नेकपा एमालेका जिल्ला अध्यक्ष गौचन २०७४ सालको चुनावमा समानुपातिकतर्फ प्रदेश सभा सदस्य हुनुहुन्थ्यो । मुस्ताङमा प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्षतर्फका सबै ठाउँमा कांग्रेस विजयी बनेको छ ।  याे पनि प...