केपी ओली कप क्रिकेट मंसिर पहिलो साता

मैदान तयार गरिएपछि पोखरामा आयोजनाको तयारी गरिएको केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता दुईमहिना पछि धकेलिएको छ। भदौमै आयोजना गर्ने गरी तयारी शुरु गरिएपनि प्रतियोगिता दुईमहिना सार्दै आगामी मंसिर ७ देखि आयोजना गर्ने निर्णय गरिएको छ।...

सम्बन्धित सामग्री

केपी ओली कप च्याम्पियन मधेश टिमलाई मधेश सरकारले ५ लाख दिने

२० मंसिर, जनकपुरधाम । केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको च्याम्पियन मधेश प्रदेश टिमका खेलाडीलाई मधेश सरकारले ५ लाख रुपैयाँ दिने भएको छ । बुधबार मधेश भवनमा खेलाडीहरुलाई सम्मान गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले खेलाडी प्रोत्साहनका लागि ५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले हरेक जिल्लामा खेलकुदको सुदृढ पूर्वाधार खडा गरिने पनि बताए । […]

‘केपी ओली कप राष्ट्रिय क्रिकेट’को सेमिफाइनल समीकरण पूरा

कास्की – पोखरामा जारी ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पोखरा रङ्गशालामा आजको दोस्रो खेलमा विभागीय टोली नेपाल आर्मी विजयी भएसँगै प्रतियोगिताको सेमिफाइनल खेल्ने चार टोलीको टुङ्गो लागेको हो । भिम सार्की र सन्तोष कार्कीको अर्धशतकीय पारिमा आर्मीले कोशी प्रदेशलाई ३९ रनले पराजित गरेर अन्तिम चारको यात्रा पक्का […]

केपी ओली कप : कुशलको शतकमा पुलिसको जित, एपीएफ अन्तिम चारमा

कास्की – राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल भुर्तेलको शतकिय इनिङ्समा नेपाल पुलिस क्लबले केपी ओली कप राष्ट्रिय टी ट्वान्टी क्रिकेट प्रतियोगितामा शानदार जित निकालेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा जारी प्रतियोगितामा समुह सी अन्तर्गत आज भएको खेलमा विभागीय टोली पुलिसले मधेश प्रदेशलाई ५७ रनले हराएको हो । कुशलले ५६ बलमा ७ छक्का […]

केपी ओली कप : लगातार दोस्रो जित निकाल्दै बागमती सेमिफाइनलमा

काठमाडौँ- केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो जित निकालेको छ । पोखरा रंगशालामा जारी प्रतियोगितामा कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमतीले बिजयी यात्रालाइ निरन्तरता दिएको हो । यस जीतसँगै बागमती सेमिफाइनलमा पुगेको छ । पहिले ब्याटिङ गरेको बागमतीले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १८९ रन बनाएको थियो । बागमतीको लागि […]

‘केपी ओली कप राष्ट्रिय क्रिकेट’मा बागमतीको विजयी सुरुआत

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा बिहीबारदेखि सुरु भएको प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुआत गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी (रातो)लाई एक सय नौ रनले पराजित गरी बागमतीले विजयी सुरुआत गरेको हो । सुरुआती ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरको खेलमा सात विकेटको क्षतिमा एक …

स्तरीय क्रिकेट मैदानहरूको निर्माण गर्नुपर्छ: अध्यक्ष ओली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्तरीय ढंगले क्रिकेट मैदानहरूको निर्माण गर्नुपर्ने बताएका छन्।आज बिहीबार मदन भण्डारी स्पोर्ट्स एकेडेमीले पोखरामा आयोजना गरेको केपी ओली कप टि ट्वान्टी क्रिकेटको उद्घाटन गर्दै अध्यक्ष ओलीले नेपालमा उपयुक्त खेल मैदानहर...

केपी ओली कप प्रतियोगिता शुरु

पाेखरा । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरामा केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरेका हुन् । प्रतियोगिताको पहिलो खेलमा आयोजकको मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ र बागमती प्रदेशबीच भइरहेको छ । प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरू नेपाल […]

केपी ओली टी–२० क्रिकेट विहीबारदेखि

बागमती प्रदेशले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीसँग उदघाटन खेलसँगै आगामी बिहीबारदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुरु हुने भएको छ।...

केपी ओली कप क्रिकेट मंसिर पहिलो साता

मैदान तयार गरिएपछि पोखरामा आयोजनाको तयारी गरिएको केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता दुईमहिना पछि धकेलिएको छ। भदौमै आयोजना गर्ने गरी तयारी शुरु गरिएपनि प्रतियोगिता दुईमहिना सार्दै आगामी मंसिर ७ देखि आयोजना गर्ने निर्णय गरिएको छ।...

केपी ओली कप क्रिकेट मङ्सिरको पहिलो साता

कास्की– प्रथम केपी ओली कप राष्टिङ ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी मंसिरको पहिलो साता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो । एकेडेमीका संरक्षकसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीको सम्मानमा उनको नाममा प्रतियोगिता गर्न लागिएको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले बताए । प्रतियोगिता पोखरा रङ्गशालाको क्रिकेट मैदानमा मङ्सिर […]