एक्सेल डेभलपमेण्ट बैंकको अवितरित हकप्रद मंसिर २९ गतेदेखि लिलामीमा

मंसिर २२, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडले मंसिर २९ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रकृयाबाट विक्री खुला गर्ने भएको छ । कम्पनीले गत असोज २५ देखि कात्तिक २९ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण समूहतर्फको २७ हजार २५७ दशमव २० कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो । यो शेयर खरीदका लागि पुस ७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र विक्री प्रबन्धकसँगै नेपाल इन्भेष्टमेण्ट बैंकका शाखा कार्यालय नारायणगढ, हेटौँडा, विर्तामोड, जनकपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी प्राप्त गर्न र पेश गर्न सकिनेछ ।