दाङ : तुलसीपुर उपमहानगरपालिका-१९ मा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयले पछिल्लो समय विशेषज्ञ सेवा दिन थालेपछि बिरामीहरूको चाप बढ्दै गएको छ। दैनिक सयौँको संख्यामा बिरामीहरू उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ।बिरामीहरू चाप बढ्दै गए पनि ३० बेडको अस्पताल भएकाले बिरामीहरूको उपचार गर्न समस्या हुने गरेको अस्पतालका निमित्त निर्देशक डा सन्तोषकुमार ठाकुरले बताए।उनका अनुसार अस्पतालमा विशेषज्ञ सेवा विस्तार गरेपछि ओपिडीमा दिनदिनै बिरामीहरूको संख्या बढ्दै गएको छ। उनले भने, ‘इन्