पोखरा – मनाङको नार्पाभूमि गाउँपालिका देशमै सबैभन्दा कम जनसंख्या भएको स्थानीय तह हो। ०७८ को जनगणनाअनुसार नार्पाभूमिको जनसंख्या ४४२ छ। सबैभन्दा कम जनसंख्या भएको नार्पाभूमिमा अझैसम्म पनि सडक सञ्जालले छोएको छैन। मनाङको सदरमुकाम चामेबाट २ दिनको पैदलयात्रापछि बल्ल नार्पाभूमि पुगिन्छ। सुदूरमा सिंहदरबार आए पनि पूर्वाधार विकासको अभावले त्यहाँका जनताले महसुस गर्न पाएका छैनन्। नेपाल लिटरेचर […]