महाशिव रात्रि पर्व भगवान शिवको पूजा-आराधना गरी देशभर मनाइयाे

काठमाडौं । फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी शनिबार देशभर मनाइएकाे छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धा भक्तिपूर्वक पूजा–आराधना गर्ने प्रचलन रहेकाे हाे । साथै सेनाको स्थापना दिवस पनि आजैका दिन पर्ने भएकाले यसको थप गरिमा बढेकाे छ । […]