स्थानीय निर्वाचन : अहिलेसम्म ८ पालिकाको नतिजा आउँदा एमालेको अग्रता (सूचीसहित)

काठमाडौँ । स्थानीय निर्वाचनअन्तर्गत हालसम्म ८ स्थानीय तहको प्रमुखको टुङ्गो लागेको छ । निर्विरोध र निर्वाचित गरी नेकपा एमालेले ४ स्थानीय तहको प्रमुख जितेको छ । नेपाली काँग्रेसले २ स्थानीय तहमा प्रमुख जितेको छ । त्यस्तै नेकपा एसले डोल्पाका २ गाउँपालिकामा निर्विरोध प्रमुख जितेको छ । नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह :१. से फोक्सुन्डो […]

सम्बन्धित सामग्री

सर्लाहीको बरहथवाका मत गणना अन्तिम चरणमा, एमालेको अग्रता

सर्लाही :  स्थानीय निर्वाचन २०७९ अन्तर्गत सर्लाहीका २० स्थानीय तहमध्ये १९ वटाको मत परिणाम सार्वजनिक भइसकेको छ। अहिले बरहथवा नगरपालिकाको मत गणना अन्तिम चरणमा छ। बरहथवा नगरपालिकामा अहिलेसम्म भएको मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ।एमालेका प्रमुख पदका उम्मेदवार कल्पना कटुवाल ४८८७ मतले अगाडि छन्। उनले १० हजार ४३६ मत ल्याएका छन्। भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार देवानन्द महतोले ५ हजार ५४९ मत ल्याएका छन्। महतो निवर्तमान मेयर हुन्। नेपाली काँग्रेसका बिगु चौधरीले

विराटनगरमा मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

विराटनगर। विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार नागेश कोईरालाले ५ हजार १८३ मतसहित अग्रता कायम गर्नुभएको छ । नेकपा एमालेका मेयरका उम्मेदवार सागर थापालाई पछि पार्दै कोईरालाले अग्रता कायम गर्नुभएको हो। विराटनगरमा जारी मत गणनामा स्थानीय निर्वाचन अधिकारीले दिएको जानकारी अनुसार कोइरालाले ५ हजार १८३ मतसहित अग्रता कायम गर्नुभएको छ । उहाँलाई पछ्याई रहनुभएका एमालेका […]