राप्रपामा बुढापाका हावी, नेतृत्व हस्तान्तरणको एजेण्डा उठाउनेलाई ‘कारबाही’ !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र युवा पुस्तामा नेतृत्व हस्तान्तरणको बहस चर्किरहेका बेला पछिल्लो समय सो पार्टीले गठन गरेको महत्त्वपूर्ण समितिमै त्यस्तो धारको नेतृत्व गर्ने नेताहरुलाई ‘आउट’ गरिएको पाइएको छ । त्यस्तो समितिमा परीक्षण भइसकेका नेताहरुकै बाहुल्यता छ भने समानुपातिक समावेशिता अँगाल्ने पार्टीको नीति समेतलाई उलंघन गरिएको नेताहरुले बताएका छन् ।राप्रपाले शुक्रबार केन्द्रीय निर्देशन समिति र केन्द्रीय विशेष समिति गठन गरेको घोषणा गरेको थियो । केन्द्रीय निर्देशन समिति ५५