कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको घटना छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ । प्रतिष्ठान स्थापना पहल समितिका संयोजक तथा सिनेटर नरेश भण्डारीले पछिल्लो समयमा प्रतिष्ठानको भविष्य धमिलो पार्ने गतिविधिले निकै गम्भीर र संवेदनशील बनाएको भन्दै घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरेका हुन् ।प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीले डा करण साहमाथि भएको हातपातपछि उब्जिएको परिस्थिति भयावह भएको भन्दै बुधबार सामूहिक राजीनामा दिएपछि उनले घटना