काठमाण्डाै – काठमाण्डाैकाे जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहितको माटो र ग्यास निस्किएको हो । बोरिङ खन्ने क्रममा तीन सय मिटर जति खनिसकेपछि एक्कासी विस्फोट भएर लेदोसहित ग्यास निस्किएको प्रहरीले जनाएको छ । बोरिङ खन्दा निस्केको ग्यास मिथेन भएको खानी तथा भूगर्भ विभागमा कार्यरत पृथ्वीलाल श्रेष्ठले जानकारी दिनुभयो । योभन्दा अगाडि पनि केही ठाउँमा यस्ता घटना भएकाले यो कुनै ठूलो घटना नभएको उहाँले बताउनुभयो । ...