काठमाण्डाै - आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईलाई हराएको छ । जिम्बावेको हरारेमा यूएईले दिएको १ सय ८२ रनको समान्य लक्ष्य नेपालले ४३ ओभर २ बलमा ७ विकेटको क्षतिमा पूरा गरेको हो।नेपालका दीपेन्द्रसिंह ऐरीले ७९ र सन्दीप लामिछानेले नटआउट २३ रन बनाए । नेपालले ६६ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो । त्यसपछि सन्दीप र दीपेन्द्रले उत्कृष्ट साझेदारी गरेर नेपाललाई जिताए । यसअघि जिम्बावेको हरारेमा टस जितेर बलिङ रोजेको नेपालले उत्कृष्ट बलिङ गर्यो ।पहिले ब्याटिङ गरेकाे यूएई ४६ दशमलव ५ ओभरमा १ सय ८...