बलुच लडाकुको आक्रमणमा सय पाकिस्तानी सेना मारिएको दाबी

बलुचिस्तान लडाकुले बिहीबार सय पाकिस्तानी सैनिक मारेको दाबी गरेका छन्। बलुच लिबरेसन आर्मी (बीएलए) ले एक विज्ञप्ति जारी गरी आक्रमणमा सेनाका दुई वटा मोर्चा ध्वस्त भएको बताएको छ। बलुच विद्रोहीहरूले सेनामाथि आक्रमण गरेपछि सरकारले बलुचिस्तानलगायत धेरै क्षेत्रमा इन्टरनेट बन्द गरेको दाबी गरेका छन्।