म्याग्दीको धवलागिरी गाउँपालिकाको १३आंै गाउँसभाबाट संस्था दर्तासम्बन्धी विधेयक पारित भएको छ । आइतबार मुनामा सम्पन्न भएको गाउँसभाले संस्था दर्ता विधेयक र विनियोजन गर्न बाँकी बजेट बाँडफाट गरेको हो ।सभामा अध्यक्ष थमसरा पुनले पेस गरेको प्रस्ताव सभाका सदस्यहरूले छलफलपछि संस्था दर्तासम्बन्धी विधेयक पारित भएपछि गाउँपालिकामा संस्था दर्ता, नवीकरणसम्बन्धी काम गर्न कानुनी बाटो खुलेको छ । महालेखा […]