काठमाडाैं : खेलकुद क्षेत्रबाट राष्ट्रका लागि पदक दिलाएका विभिन्न विधाका सात खेलाडीलाई बिहीवार सर्वकालीन सम्मान गरिएको छ।आज एक कार्यक्रममा नेपाली खेलकुदबाट राष्ट्रका लागि विभिन्न कालखण्डमा पदक दिलाएका खेलाडीलाई एक कार्यक्रमको आयोजना गरेर सम्मान गरिएको हो।ललितपुरमा आयोजना भएको कार्यक्रममा देशका लागि पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जितबहादुर केसी, दक्षिण एशियाली खेलकुद (साग)का कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, सागमा खेलाडी र प्रशिक्षकका रुपमा स्वर्ण पदक विजेता फुटबलका राजुकाजी शाक्य, ओलम