भिजिट भिसाकाे दुरुपयाेग गर्नेमाथि निगरानी राख्न गृहमन्त्रीकाे निर्देशन

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले भिजिट भिसाको दुरुपयाेग नगर्न नेपाली नागरिकलाई आग्रह गर्नुभएको छ ।  गृहमन्त्री खाणले आज मङ्गलवार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै भिजिट भिसा दुरुपयोग गरेर नेपाली नागरिकले तेस्रो देशमा पीडा भोग्नुपरेको उल्लेख गर्दै त्यसको दुरुपयोग नगर्न आग्रह गर्नुभएको हो । उहाँले भिजिट भिसामा गएर त्यसको दुरुपयोग गर्नेमाथि निगरानी राख्न पनि मातहतका निकायलाई निर्देशन दिनुभयो । गृहमन्त्री खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई अझ ...