बतास समूहसँग पशुपतिस्थित धर्मशालाको सम्झौता भङ्ग गर्न छानविन समितिको सिफारिस

बतास समूहसँग भएको नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्ध गर्न छानविन समितिले सुझाव दिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको निर्देशनमा नारायणप्रसाद सुवेदीको संयोजकत्वमा गठित समितिले सो सुझाव प्रस्तुत गरेको हो । सोमबार मन्त्रालयमा छानविन प्रतिवेदन बुझाउँदै अध्ययन समितिले सम्झौता गर्ने कोषका कर्मचारीलाई कारवाही गर्न पनि सिफारिस गरेको छ । छानविन समितिले नेपाल भारत मैत्री पशुपति धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृति विना गरिएको देखि