कोशीटप्पु वन्यजन्तु आरक्षमा शिकार गरेको आरोपमा ७ जना पक्राउ

२५ साउन, उदयपुर । नेपाली सेनाले कोशीटप्पु वन्यजन्तु आरक्षमा चित्तलको शिकार गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । कोशीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्‍जका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले बुधबार श्रीलंका टप्पुस्थित भागलपुरबाट उनीहरुलाई पक्राउ गरेको हो । सेनाले उनीहरुको साथबाट ६३ केजी जनावरको मासु, २ नाल भरुवा बन्दुक, एक प्याकेट टिका […]