अधिकांश गाउँघर पुरुषविहीन बन्दै

 अधिकांश ग्रामीण क्षेत्रका गाउँघर पुरुषविहीन बन्दै गएका छन् । अधिकांश पुरुष युवा रोजगारीका लागि विदेश जान थालेपछि गाउँमा युवा पुरुष भेटिन मुश्किल हुने गरेको हो । पुरुष विदेश गएसँगै गाउँघरमा मजदुरीको काम महिलाले सम्हाल्नु परेको छ । व्यास नगरपालिका–५ साँगे, सेराका कृषक बेदकुमार श्रेष्ठले मेलापातको काममा पुरुष कामदार नपाइने गरेको बताए । धेरैजसो गाउँका युवा पुरुष विदेश वा जागिरमा जाने हुँदा गाउँघरका मेलापातमा महिला नै जाने गरेको उनले बताए ।पहिलापहिला गाउँका एक÷दुई जना मात्रै व

सम्बन्धित सामग्री

मनाङको तापक्रम माइनस १६ डिग्री, बेंसी झर्न थाले स्थानीय

मनाङ । जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करीब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ ।  प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङ सदरमुकाम चामे आसपासका क्षेत्रमा माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । तापक्रम मापन गर्दा अत्यन्त कम देखाउँदै गएको उनले बताए । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उनले बताए ।  प्रजिअ लामिछानेले भने, ‘चिसोले धारामा पानी जमेको छ भने खोलानालामा पनि पानी जम्दै गएको छ । बाटोमा हिउँ छ । सवारीसाधनको आवतजावत न्यून मात्रामा छ । पिउने पानी जोहो गर्नै मुस्किल हुन थालेको छ ।’ चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माणका काम ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिए ।   चामे गाउँपालिकाले सूचना जारी गरी विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम नगर्न आग्रह गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत नमनारायण मल्लले चिसोका कारण सिमेन्टसँग सम्बन्धित निर्माण कार्यमा समस्या हुने भएकाले काम बन्द गर्न भनिएको बताए ।   पूर्वाधार कार्यालय मनाङका प्रमुख जय विष्टले भने, ‘चिसो अत्यधिक छ । त्यसैले सिमेन्टजडित कार्य ठप्प भएको छ । योजनाको नापजाँच, परीक्षणको काम गरिरहेका छौं ।’  पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्लाबाहिर गएका छन् । यहाँका स्थानीय लमजुङ, काठमाडौं, पोखरातर्फ झर्ने क्रम जारी रहेको छ ।  चिसोका कारण स्थानीय तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई प्रहरी चौकी सदरमुकाम सारिएको प्रजिअ लामिछानेले जानकारी दिए । उनका अनुसार नार्पाभूमिका अत्यावश्यक कामकाजका लागि सदरमुकामस्थित चामे गाउँपालिका–३ कोतोमा अस्थायी कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको छ ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले चिसो बढिरहेको अवस्थामा पनि पर्यटकको आगमन भइरहेको बताए । ‘सिजन’मा भन्दा पर्यटकको आगमन कम भए पनि आउने क्रममा जारी रहेको उनले जानकारी दिए । उनले भने, ‘चिसोमा पनि दैनिक १५ देखि २० पर्यटक आएका छन् । बाटोमा केही मात्रामा हिउँ छ । हिउँ खेल्दै रमाउँदै पर्यटक थोराङ्ला भञ्ज्याङ, तिलिचो तालतर्फ जाने आउने भइरहेको छ ।’  माथिल्लो क्षेत्रमा रहेका होटल व्यवसायी पूर्ण रूपमा बन्द नभएको भुजेलले जानकारी र्दिए ।  पर्यटकलाई मौसमसम्बन्धी जानकारीका साथै बाटोमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी यात्रा गर्न सुझाव दिँदै आएको उनले बताए ।  मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका किसान सोनाम लामाले धेरैजसो गाउँले तल झरेका बताउँछन् । आफूहरू घर कुर्ने र याकचौंरी हेर्न घरमै बसेको उनले बताए । उनले भने, ‘चिसोमा माउ चौंरी र युवा अवस्थाका याकलाई खुवाउन र बचाउन सजिलै हुन्छ । तर, चिसोमा बच्चालाई जोगाउन भने मुस्किल हुन्छ । ठूला पशुचौपायले पानी, घाँस आफै खोज्न सक्छन् ।’ ‘लामो समयसम्म हिमपात भयो भने अलिअलि जम्मा गरेर राखेको घाँस सकिन्छ र खान नपाई दुब्लाएर मर्ने गर्छन् । जाडो मौसममा बच्चालाई गोठ बनाएर राखिन्छ भने हिउँ बढी परे पनि ठूला पशुचौपायलाई हिउँमै छाड्नुपर्छ । जाडोमा घाँस कम हुने भएकाले दूध पनि कम हुने हुँदा बच्चालाई मात्र पुग्छ । हामीले यो समयमा दूध दुहँदैनौं,’ उनले भने, ‘लेकका खर्कबाट गाउँघर नजिक याकचौंरी ल्याइन्छ । नावर पनि याकचौंरीसँगै अलि तल नै झर्छन् । जसले गर्दा हिउँ चितुवा पनि पशुचौपाया नजिकै आहाराका लागि आउने गर्दछन् । यसबाट जोगाउन पनि हामी यहाँ बस्नुपर्ने हुन्छ ।’ यहाँ फागुनको पहिलो सातादेखि खेतीपातीको समय शुरु हुन्छ । त्यसबेला बेंसीमा झारिएका गोठ लेकका खर्कतर्फ लैजाने गरिन्छ । हाल जिल्लाभर चार हजार तीन सय ९७ याकचौंरी रहेका भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नरेन्द्र राईले जानकारी दिए । जाडो कम हुँदै गएपछि यहाँका स्थानीय पनि घर फर्कन थाल्छन् । रासस

गाउँघर भरिदै, सहर रित्तिदै

कास्की । दसैँको टिकाको दिन नजिकिँदै गर्दा पोखराको सहरी क्षेत्र सुनसान बन्दै गएको छ । फुलपातिको अघिल्लो दिनसम्म बजारमा चहलपहल देखिए पनि अधिकांश मानिस घर फर्केका कारण चहलपहल घट्दै गएको नयाँ बजारमा चिया तथा खाजाको व्यवसाय सञ्चालन गर्दै आएका राजु क्षेत्रीले जानकारी दिए ।

समावेशी बन्दै तराई मधेशको दशहरा

नेपालको पहाडी क्षेत्रमा मनाइने दशैंलाई तराई मधेशमा दशहराको रूपमा मनाइन्छ । कृषि कर्म र खाद्यान्न भण्डार मानिएको तराई मधेशमा खेतीपातीबाट फुर्सद मिल्ने समयमा पर्वको शृंंखला शुरू हुन्छ । असोज आउँदा नआउँदै किसानले भदैया (वर्षे) धान आआफ्नो घरमा भित्र्याइसकेका हुन्छन् । अगहनी (मङ्सिरमा हुने) धानको रोपाइँदेखि सोहनी (गोडलेम) समेत भइसकेको हुनाले करीब डेढ महीना कृषि कर्म फुर्सदिलो हुने भएकाले तराई मधेशमा यो समयमा पर्वको लहर नै शुरू हुने स्थानीय संस्कृतिका बारेमा जानकार सञ्चारकर्मी रितेश त्रिपाठी बताउँछन् । ‘डेढ महीनापछि फेरि अगहनी धानको कटाइको चटारो आउनेवाला हुन्छ । तराई मधेशमा यसबीचको समय उत्सव र उमंगका लागि उपयोग गर्ने सामाजिक व्यवस्था छ,’ पत्रकार त्रिपाठी भन्छन् । दशहरा, दीपावली, छठलगायत पर्व यही बीचमा पर्दछन् । असोज महीनाको शुक्ल प्रतिपदादेखि दशमी तिथिसम्म जगदम्बा (जगत्की आमा) मानिने देवीका विभिन्न ९ स्वरूपको आराधना गरिन्छ । तराई मधेशको पर्व तथा संस्कृतिका बारेमा गहिरो जानकारी राख्ने पत्रकार चन्द्रकिशोरका अनुसार यस क्षेत्रका प्रत्येक गाउँका देवी र देवता हुन्छ । देवीलाई सातोमाई भनिन्छ भने देवतालाई ब्रह्मबाबा मानिन्छ । दशहराका नवरात्रिमा तिनै सातोमाईको पूरा गरिन्छ । वीरगञ्जको गहवामाई गहवा गाउँकी सातोमाई हुन् । बिन्दवासिनी, बिर्तामाई यस्तै माई हुन् । दशहरामा यी शक्तिपीठहरूमा भक्तजनको घुइँचो लाग्ने गरेको छ । यस्ता स्थलहरूमा सातोमाईको सामूहिक पूजाआजाको प्रचलन हुन्छ । यसपटक पनि प्रतिपदा तिथिदेखि नै यी मन्दिरमा भक्तजनहरूले पूजा थालिसकेका छन् । कोरोना संक्रमणलाई ध्यानमा राखी पछिल्ला वर्षहरूमा सतर्कताका उपाय भने अपनाइएको छ । प्रतिपदाको दिन घरघरमा चण्डीपाठ गरेर राखिएको जमरा दशमीका दिन पुरोहितले जजमानलाई दिने परम्परागत चलन भएको चन्द्रकिशोर बताउँछन् । प्रतिपदाका दिनदेखि नवमीसम्म नवरात्रको रूपमा मनाउँदै शक्तिको आराधना गरिन्छ । प्रतिपदाको दिनलाई जई गिरावे के दिन (जमरा हाल्ने दिन)को रूपमा मनाइन्छ भने यो दिन देवीको शैलपुत्री स्वरूपको आराधना हुन्छ । प्रतिपदापछि ९ दिनसम्म पवित्र भएर निष्ठापूर्वक ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी र सिद्धिदात्री स्वरूपको पूजा गर्ने परम्परा छ । तराई मधेशको दशहरामा टीका लागाउने परम्परा नभए पनि पछिल्लो समयमा यस क्षेत्रका पर्वहरू समावेशी बन्दै गएको बुझाइ पत्रकार चन्द्रकिशोरको छ । ‘पहिला तराई मधेशको दशहरामा दशमी तिथिका दिन पुरोहितले जजमानलाई जमरा दिने चलन थियो । तर, अहिले जमरासँगै टीका पनि लगाउने र आफन्तकहाँ टीका थाप्न जाने चलन पनि थपिएको छ,’ उनी भन्छन्, ‘पहाडी समुदायमा लगाइने टीकालाई मधेशको समुदायले पनि दशहरामा टीकाको रूपमा सिको गरेको छ ।’ पछिल्लो समय अधिकांश पर्वहरूमा समावेशी अभ्यास देखिएको छ । दशैंमा तराई मधेशमा पनि टीका लगाउने र यस क्षेत्रमा भक्तिभावपूर्वक मनाइने छठ पर्वमा पहाडी तथा मुश्लिम समुदायले समेत व्रत, पूजा–आराधना गरेका उदाहरण पर्याप्त पाइन्छन् । लोकमान्यताअनुसार दशहरा असत्यमाथि सत्यको जितको पर्व हो । दश दिनको युद्ध गरेर दशमीको दिन देवी दुर्गाले महिषासुरलाई हराएको पौराणिक कथामा आधारित यो पर्व तराई मधेशमा निकै निष्ठापूर्वक मनाउने गरिन्छ । गाउँघर शहरका टोलका देवी मन्दिरमा जौ हालेर पूजा गर्ने चलन छ । पर्व मनाउने परिपाटीमा परिवर्तन आएको पत्रकार त्रिपाठी पनि बताउँछन् । ‘कामका लागि भारत पश्चिम बंगालको कोलकातामा मानिसको आउजाउ बढेपछि दुर्गामण्डप बनाउने चलन भित्रिएको छ । दुर्गामण्डपमा अरू देवीदेवताको मूर्ति, महिषासुर वध आदि प्रदर्शन गरी पूजा गर्ने परिपाटी देखिएको छ,’ उनले भने । दशैंको सप्तमीदेखि दशमीसम्म विभिन्न स्थानमा मेला आयोजनाको प्रचलन पनि छ । अष्टमीमा वीरगञ्जमा मेला लाग्ने गरेको छ । कोरोनाकालमा स्थानीय प्रशासनले यसमा मापदण्ड तोकेर नियन्त्रणको उपाय पनि अपनाएको छ । अष्ठमी र नवमीका दिन बोका, राँगा, हाँस र कुखुराको बलि दिने चलन भए पनि नवरात्रिको पूजा शुद्ध भएर गर्नुपर्ने मान्यता छ । काम विशेषले घरबाट टाढा रहेकाहरू पनि दशहरामा घर फर्किने, परिवारजन र आफन्तसँग भेटघाटको अवसरको रूपमा पनि यो पर्वलाई लिइएको छ । दशहरामा फर्किएकाहरू एकैपटक तिहारपछि आउने छठ मनाएरै आआफ्नो पेशा व्यवसायमा फर्किने गरेका छन् ।

अधिकांश गाउँघर पुरुषविहीन बन्दै - Purbeli News

तनहुँ / अधिकांश ग्रामीण क्षेत्रका गाउँघर पुरुषविहीन बन्दै गएका छन् । अधिकांश पुरुष युवा रोजगारीका लागि विदेश जान थालेपछि गाउँमा युवा पुरुष भेटिन मुश्किल हुने गरेको हो । पुरुष विदेश गएसँगै गाउँघरमा मजदूरीको काम महिलाले सम्हाल्नु परेको छ । व्यास नगरपालिका–५ साँगे, सेराका कृषक बेदकुमार श्रेष्ठले मेलापातको काममा पुरुष कामदार नपाइने गरेको बताए । धेरैजसो...