उपसभामुख चयन गर्ने संसद बैठकमा पत्रकारलाई निषेध

काठमाडौँ – उपसभामुख चयन गर्ने संसद बैठकमा पत्रकारलाई निषेध गरिएको छ। नियमित रिपोटिङका लागि संसद भवन नयाँ बानेश्वर पुगेका पत्रकारहरुलाई माथिको आदेश भन्दै सुरक्षाकर्मीले ग्यालरीमा जान रोक लगाएका हुन्। संसदका अरु नियमित बैठकमा सहज पहुँच दिए पनि विशेष कार्य सूची रहेको दिन गर्दै आएको अवरोधलाई शुक्रबार पनि निरन्तरता दिएको गोरखापत्रका पत्रकार नारायण काफ्लेले जानकारी दिए। […]