अर्जेन्टिना फुटबलका तीन युग : म्याराडाेना, मेसी र अल्वारेज

काठमाडौं : सन् १९२८ को ओलम्पिक फुटबलको फाइनलमा अर्जेन्टिनालाई हराउँदै उरुग्वेले लगातार दोस्रो पटक स्वर्ण पदक जित्यो। सन् १९३० मा आयोजना भएको पहिलो फुटबल विश्वकपमा पनि अर्जेन्टिनाको विश्व विजेता बन्ने सपनामा उरुग्वे नै अवरोध बन्यो। त्यसपछिका १० विश्वकपसम्म अर्जेन्टिना क्वार्टरफाइनलभन्दा माथि उक्लिन सकेन। शुरुदेखि नै अर्जेन्टिना र फुटबल एक अर्काका पर्यायवाची जस्तै रहेका भए पनि सन् १९७८ पछि त झन् अर्जेन्टिनाको अघोषित ‘राष्ट्रिय धर्म’ जस्तै बन्यो फुटबल। जब डेनियल पासा