काठमाडौँ । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता भएको छ। नयाँदिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा बिहीबार अपराह्न ५ बजे दुई अर्थमन्त्रीबीच भेट भएको हो। भेटवार्तामा नेपाल र भारतका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरूको पनि सहभागिता थियो। भेटमा भएको छलफलका विषय तथा सहमतिबारे थप विवरण सार्वजनिक गरिएको छैन।