रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीले कृषि तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनअनुसार धान, तरकारी तथा पशुपन्छी क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। प्रतिवेदनअनुसार बाढीबाट १ हजार ६६९ हेक्टर धान खेती प्रभावित हुँदा ५ हजार ८४३ टन […]