सङ्खुुवासभा। चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१ याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पूर्ण रूपमा जलेको हो। आगलागीबाट मानवीय क्षति भएको छैन। प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि आगो निभाइएको थियोे।