चितवन । भोलिदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका खेल चितवनमा खुला चौरमै निःशुल्क हेर्न पाइने भएको छ । क्रिकेटप्रेमी दर्शकलाई सामूहिक रूपमा खेलको प्रत्यक्ष प्रसारण देखाउने उद्देश्यले भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसको विशालचोकस्थित खेल मैदानमा आवश्यक तयारी भइरहेको छ । खुला मैदानमा ठूलो पर्दामार्फत एनपीएलका खेल प्रत्यक्ष प्रसारण गर्ने तयारी गरिएको हो […]