उदयपुर– उदयपुरको चौदण्डी नगरपालिका–४ बसाहामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मङ्गलबार साँझ बसाहामा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका राईको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ […]