भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा खोज तीव्र, त्रिशूली ३ ‘ए’ को निकास भेटियो

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङभित्र खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेनाले भदौ १७ गते बिहान ११ बजेसम्मको विवरण सार्वजनिक गर्दै रसुवागढी, लाङटाङ, चिलिमे, अपर त्रिशूली–१, त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ क्षेत्रमा खोज तथा उद्धार भइरहेको जनाएको छ। रसुवागढी जलविद्युत् आयोजनामा उद्धार टोली सुरुङभित्र करिब १५० मिटरसम्म […]