काठमाडौँ । सांस्कृतिक शहर भक्तपुरका स्थानीय बासिन्दाहरूले आज परम्परागत ‘गथांमुग: च:ह्रे’ (घण्टाकर्ण चतुर्दशी) पर्व हर्षोल्लासका साथ मनाएका छन् । नेवार समुदायमा परापूर्व कालदेखि प्रचलित यो पर्व विशेष गरी नकारात्मक शक्ति र भूतप्रेत भगाउने धार्मिक विश्वासका साथ मनाउने गरिन्छ । पर्वको अवसरमा भक्तपुरका विभिन्न टोल तथा चोकहरूमा नर्कट र छ्वालीबाट निर्मित घण्टाकर्णको पुत्ला उभ्याइएको थियो । […]