सिक्टा सिँचाइ आयोजनालाई २ अर्ब ५५ करोड बजेट, निर्माण कार्यले लियो गति

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाका लागि आगामी आर्थिक वर्ष २०८३/८४ मा २ अर्ब ५५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। चालु आर्थिक वर्षको तुलनामा करिब एक अर्ब रुपैयाँ बढी बजेट प्राप्त भएसँगै आयोजनाको निर्माण कार्य थप तीव्र हुने अपेक्षा गरिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा प्रस्तुत गरेको बजेटमार्फत उक्त रकम विनियोजन गरिएको हो। […]