सडक स्तरोन्नति गर्न युवाहरूको माग

पाल्पा– पाल्पाकाे निस्दी गाउँपालिकाका युवाले सडक स्तरोन्नति गर्न अनुरोध गरेका छन् । यसका लागि उनीहरूले गाउँपालिकाको कार्यालय अगाडि प्रदर्शन एवम् धर्ना दिएका छन् । लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने रामपुर बेलडाँडा, ढुङ्गानाबेँसी, मित्याल अरुणखोला सडकखण्डअन्तर्गत पर्ने सडक समयमा नै स्तरोन्नति नहुँदा आवतजावत गर्नेले सास्ती भोग्नुपरेको छ । नवलपुर क्षेत्रको भागमा सडक स्तरोन्नति सम्पन्न भइसकेको छ […]