विदेशका नेपालीले खोजेको खुसी

‘ग्रिनकार्ड होस् वा अमेरिकाको नागरिकता, हामी केवल आप्रवासी हौँ,’ एक जना दाइले खिन्न हुँदै भन्नुभयो। आधा उमेर अमेरिकामै सिध्याएका दाइको कुराले मलाई भावुक बनायो। तथापि, हामी जहाँ रहे पनि देशको माया उस्तै छ, अझ बढेको छ। विदेश पुगेका नेपाली स्वेदश फर्किन मन नहुने कमै हुन्छन्। बुढेसकालमै भए पनि नेपालै फर्किने योजना नभएका नेपाली कमै होलान्। […]