माथिल्लो दोर्दी ‘ए’ को विजुली जेठ अन्तिममा राष्ट्रिय प्रसारणमा जोडिने

लमजुङको दोर्दीखोलामा निर्माण सम्पन्न गरी उत्पादनको तयारीमा रहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको विजुली जेठ अन्तिमबाट राष्ट्रिय प्रसारणमा जोडिने भएको छ । लमजुङको दोर्दीखोलामा लिवर्टी इनर्जीले निर्माण गरेको आयोजनाको विद्युत राष्टिय प्रणालीमा थपिन लागेको हो ।संरचना निर्माणको काम सम्पन्न गरिसकेको आयोजनाले आगामी जेठभित्रै व्यावसायिक विद्युत् उत्पादन गर्नेगरी सुरुङमा परीक्षण सुरु गरेको हो । आयोजनाको संरचना निर्माणको काम सम्पन्न भई परीक्षण तयारी सुरु गरिएको आय