यस्ता छन् काँग्रेस बैठकका ७ निर्णय (पूर्णपाठ)

 काँग्रेसको मंगलबार बसेको केन्द्रीय समिति बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको कदमको विरोधमा थप आन्दोलन गर्नेसहितका ७ बुँदे निर्णय बैठकले गरेको हो । बैठकपछि काँग्रेसले जारी गरेको विज्ञप्तिमा संसद विघटन विरुद्ध माघ १२ गते राजधानीमा समाजको विभिन्न क्षेत्रका नागरिकहरुले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गरेको घटनालाई बैठकले गम्भीरतापूर्वक लिएको उल्लेख छ । यस्तै प्रधानमन्त्रीले पछिल्लो समय सार्वजनिक रुपमा व्यक्त गरिरहेका अभिव्यक्तिहरुप्रति पनि बैठकले आपत्ति जनाएको छ ।यसबाहेक पार्टी आवद्ध...

सम्बन्धित सामग्री

यस्ता छन् काँग्रेस बैठकका १३ निर्णय (पूर्णपाठसहित)

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक विभिन्न १३ वटा निर्णय गर्दै सोमबार सकिएको छ ।  बैठकले भ्रातृ संगठनहरुको पूर्णतादेखि आगामी चुनावमा गठबन्धनभित्र तालमेलको गर्नेसम्मको निर्णय गरेको छ । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता प्रकाशशरण महतले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय भएको जानकारी दिए । त्यसका लागि गठबन्धनमा रहेका दलहरूसँग आवश्यक संवाद गरेर थप निष्कर्षमा पुग्ने उनको भनाइ छ । काँग्रेसले आगामी न

यस्ता छन् काँग्रेस केन्द्रीय समिति बैठकका निर्णय

Ratopati is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

काँग्रेस केन्द्रीय कार्यसमितिले गर्यो पाँच निर्णय

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको पहिला बैठक पाँचवटा निर्णय गरेको छन् । पार्टी कार्यालयमा बसेको बैठकपछि महामन्त्री गगन थापाले बैठकले पाँचवटा निर्णय भएको जानकारी दिए । थापाका अनुसार बैठकले महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प गरेको छ। यस्तै पार्टीको महाधिवेशन सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिने निर्णय बैठकले गरेको थापाले बताए । राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय

बुढानीलकण्ठमा बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकका यस्ता छन् निर्णय

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले विभिन्न प्रस्तावहरू प्रस्तुत गरेका थिए ।

काठमाडौँबाट राजधानी सार्ने बहसः मुख्यमन्त्री शाक्यको प्रस्तावमा सहमति जुट्ला ?

संघिय राजधानी सार्ने बहस फेरि सतहमा आएको छ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज ५ गते चितवन पुगेर काठमाडौँबाट संघिय राजधानी सार्नुपर्ने बताईन् । यति मात्रै नभई उनले मकवानपूर र चितवन जोडेर संघिय राजधानी कायम गर्नुपर्ने प्रस्ताव पनि गरिन् ।पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि गत माघ ६ गते एकाएक ‘काठमाडौँबाट राजधानी सारौँ’ भन्ने विषय उठाए । डा. भट्टराईले यो ठाउँ वा शहर नै राजधानी हुनुपर्छ भनेर किटान नगरेपछि मुख्यमन्त्री शाक्यले भने हेटौँडा र चितवन जोडेर राजधानी बनाउनुपर्ने बहस सार्वजनिक मञ्चबाटै नागरिक सामु राखेकी छिन् ।बेला बेलामा शीर्ष नेताहरुले यस्ता बहस झिकिरहेका कारण काठमाडौँबाट राजधानी सार्नुपर्ने निर्क्यौलमा नेताहरु पुगिसकेको बुझ्न सकिन्छ ।डा. भट्टराई र मुख्यमन्त्री शाक्यको भनाई सार्वजनिक भएपछि काठमाडौँ उपत्यका केन्द्रित घरजग्गा कारोबारी भने आशंकित भएका छन् । यसअघि मूलुक संघियतामा प्रवेश गर्नु अगाडी तत्कालिन माओवादीले राजधानी स्थानान्तरणको मुद्दा जोडताडले नै उठाएको थियो । ‘प्रदेश राजधानी काठमाडौँ बनाउँ’मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मकवानपुर र चितवनलाई जोडेर संघीय राजधानी र काठमाडौँलाई प्रदेशको राजधानी बनाउनुपर्ने बताएकी छिन् । काठमाडौँ प्रदेशको राजधानी हुँदा प्रदेशभित्रका सबै जिल्लाका बासिन्दालाई पायक पर्ने उनको भनाई छ । यसअघि पनि भक्तपूर वा धुलिखेललाई प्रदेशको राजधानी बनाईनुपर्ने विषय उठेको थियो । तर, तत्कालिन नेकपाका कारण हेटौँडालाई बागमतीको स्थायी राजधानी बनाईएको थियो ।अष्टलक्ष्मी शाक्यले प्रदेशको राजधानी काठमाडौँ बनाएर संघिय राजधानी चितवनतिर सार्नुपर्छ भनेर बोल्नु भनेको पहिलो संविधानसभा निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्डले बोलेको बोलीसँग मेल खाएको छ ।यसअघिःकाठमाडौँबाट राजधानी सार्ने बहसः यी हुन् शीर्ष नेताले प्रस्ताव गरेका शहरमकवानपूर र चितवनको नाममा सहमति जुट्ला ?चिवतनलाई राजधानी बनाउन प्रचण्ड पहिल्यैदेखि लागेका हुन् । तर, काठमाडौँको अलिअलि भएको जनमत पूरै काँग्रेस वा एमालेतिर सोझिने देखेर उनले २०६४ सालमा बहुमत हुँदा पनि यसबारे निर्णय त परैको कुरा, औपचारिक प्रस्ताव समेत गरेनन् ।अर्को कुरा, अष्टलक्ष्मी शाक्य काठमाडौँकी बासिन्दा मात्रै नभई एमालेकी उपाध्यक्षसमेत हुन् । उनले काठमाडौँबाट राजधानी सार्नुपर्छ भनेपछि काठमाडौँमा भएको एमालेको जनमत आशंकित भएको छ । काठमाडौँ पर्यावरणीय दृष्टिकोणले मानिस बसोबासका लागि उपर्युक्त शहर होइन भन्ने विज्ञहरुको निष्कर्षमा एमाले सहमत हुन सकेपनि जनमत खस्किने डरले राजधानी सार्नुपर्छ भन्ने औपचारिक आवाज निकाल्न सक्ने देखिँदैन ।काठमाडौँको जनमत मूलुककै निर्णायक जनमत भएकाले यहाँका बासिन्दाले ‘नाई’ भन्ने निर्णय कुनैपनि राजनीतिक दलले गर्न सक्दैनन् । काठमाडौँ यसैपनि काँग्रेस र एमालेको प्रतिस्पर्धात्मक जनमत भएको शहर भएकाले यहाँबाट राजधानी सार्ने विषय केवल बहसमा मात्रै सिमित हुने देखिन्छ ।यो पनिःकाठमाडौँबाट राजधानी सार्ने बहसः यस्ता छन् अन्तराष्ट्रिय उदाहरणके भन्छन् विज्ञ ?‘भुँइचालो आयो, कति क्षति भयो ? काठमाडौँ बस्न हुने शहर रहेछ त ?’ एकजना विज्ञ भन्छन्, ‘विपत आइलागेर हजारौँ मानिसको जीवन नगई सार्न नहुने ? कालान्तरमा प्राकृतिक विपद् आइपर्न सक्छ भनेर विश्वका विभिन्न विज्ञले चेतावनी दिईरहेका छन्, त्यसलाई सकारात्मक रुपमा लिएर अहिले नै राजधानी सारे हजारौँ मान्छे बाँच्छन् भने किन ढिलाई गर्ने ? हाम्रो देश मात्रै यस्तो देश हो, जहाँ विज्ञले दिएका सुझाव कुनैपनि राजनीतिज्ञले मान्दैनन् । डा. भट्टराई आफैँमा विज्ञ हुन्, उनले नबुझी बोलेका होलान् त ?’उनले अब जति नै प्रयास गरेपनि काठमाडौँलाई व्यवस्थित शहर बनाउन नसकिने भएकाले काठमाडौँबाट ‘फ्रेस सिटी’मा राजधानी सार्नु नै बुद्धिमानी हुने बताएका छन् ।उनले मुलुकको आर्थिक र प्रशासनिक राजधानी फरक फरक शहरमा बनाउनु उपर्युक्त हुने सुझाव पनि दिएका छन् ।यो पनिःदेशको राजधानी काठमाडौँबाट सार्ने समय आएको हो ?