निजामती विधेयक कार्यान्वयनमा आए मात्र सङ्घीयता बलियो हुन्छ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राज्यका हरेक कामलाई प्रभावकारीरुपमा सम्पादन गर्ने काम कर्मचारी प्रशासनको भएको बताएका छन् । उनले प्रदेशसभाबाट निजामती विधेयक पारित गरी कार्यान्वयनमा आएमात्र सङ्घीयता बलियो हुने बताए । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को कार्यालयले आज बुटवलमा आयोजना गरेको प्रदेश निजामती विधेयक विषयक छलफल कार्यक्रममा उनले प्रदेशका जनतालाई सकारात्मक रुपले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । उनले कर्मचारी प्रशासनलाई जनताको सेवकका रुपमा अगाडि बढाएर सेवा प्रवाहलाई छ