सुदूरपश्चिम : विशेष आयोजनाहरु  राष्ट्रिय योजना आयोगमा सिफारिस

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका विशेष तथा समपूरक आयोजनाहरु  राष्ट्रिय योजना आयोगमा सिफारिस गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकमा छ वटा एजेण्डामा छलफल भएको थियो । जसअनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट पेश भएको समपूरक तथा विशेष आयोजनाहरु आयोगमा सिफारिस गर्ने निर्णय भएको हो । प्रदेशभित्रका १४ वटा विशेष र २५ वटा समपूरक आयोजनाहरु छनौट गरि आयोगलाई सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।बै