वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नरबहादुर खत्रीले यही कात्तिक २८ गते अवकाश पाउँदैछन् । तर, अवकास पाउनुभन्दा केही दिन अघिसम्म पनि उनी डीआइजी बन्ने दौडधूपमा लागेका छन् । खत्रीजस्तै अवकाश पाउन लागेका ६ जना एसएसपीलाई डीआइजीमा बढुवा गर्न गृह मन्त्रालयले प्रस्ताव नै तयार पारिसकेको छ । घरजाने बेलामा डीआइजी बनाइन लागेका खत्री गृहमन्त्री बालकृष्ण खाँडका नजिकका प्रहरी अधिकारी मानिन्छन् ।नेपाल प्रहरीका अर्का एसएसपी बिक्रमबहादुर चन्द पनि ३० वर्षे सेवाअवधिका कारण आगामी मंसिर ९ गते अवकास पाएर घर जान लागेक