‘देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने स्वर्णपदक विजेता खेलाडीको लक्ष्य’

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मङ्गलबार पोखरा रङ्गशालामा नेपाल आर्मीका खेलाडी सोमबहादुर कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते। गण्डकी प्रदेशको गोरखाका उनी दश वर्षदेखि आर्मीमा आबद्ध छन्। यसैले विभागीय टोलीबाट प्रतियोगिता खेले। उनले ३२ वर्ष पूरानो कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाउन सफल हुँदा मैदानमा जति खुसी थिए, यसरी ठूला प्रतियोगिता […]

सम्बन्धित सामग्री

यी हुन् उत्कृष्ट २६ खेलाडी, गौरिका र मण्डेकाजी बने सर्वोत्कृष्ट

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा चार स्वर्णपदक जितेकी गौरिका सिंह र दोहोरो स्वर्ण जितेका मण्डेकाजी श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गरेको एनएनआईपीए स्पोर्ट्स अवार्डमा सिंह र श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी बनेका हुन्। उनीहरुले ग्लोबल आईएमई बैंकबाट प्रायोजित जनही १ लाख रुपैयाँ प्राप्त गरे। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी (एनएनआईपीए) ले अवार्डको १५औँ संस्करणमा २६ खेलाडीलाई सम्बन्धित संघको सिफारिसमा उत्कृष्ट खेलाडीबाट सम्मानित गरेको हो । उत्कृष्ट खेलाडीको सूची यसअघि नै एनएनआईपीएले सार्वजनिक गरिसकेको थियो । सम्मानित अधिकांश खेलाडी गत वर्ष स्वदेशमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी हुन् । उत्कृष्ट २६ खेलाडीमध्ये महिला र पुरुष सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान र राइजिङ प्लेयर अफ दि इयर घोषणा गरिएको थियो । सागकै दोहोरो स्वर्णपदक विजेता तेक्वान्दोकी आयशा शाक्य र सागमा स्वर्णपदक विजेता फुटबल टोलीका कप्तान सुजल श्रेष्ठ प्रतिभावान खेलाडी घोषित भए । आयशा र र सुजनले युएसए एभरेष्ट तेक्वान्दोले प्रायोजन गरेको समान ५० हजार रुपैयाँ प्राप्त गरे । यसपटक थप राइजिङ प्लेयर अफ दि इयर अवार्ड सागका दोहोरो स्वर्णपदक विजेता गल्फका सुवास तामाङ र सागमा पहिलो पटक कुस्तीमा स्वर्णपदक जित्ने संगीता धामीले जितिन् । सुवास र संगीताले स्काई फिटले प्रायोजन गरेको समान ५० हजार रुपैयाँ पाए । एनएनआईपीए स्पोर्ट्स अवार्डमा वर्षका उत्कृष्ट खेलाडी गौरिका सिंह (पौडी) मण्डेकाजी श्रेष्ठ (कराते) सुजल श्रेष्ठ (फुटबल) पुरुषोत्तम बज्राचार्य (टेबल टेनिस) कल्पना परियार (सुटिङ) कुलबहादुर थापा (भलिबल) विकास थापा भारोत्तोलन (भारोत्तोलन) प्रदीप खड्का (लन टेनिस) रविना थापा (फेन्सिङ) कल्पना ओली (ह्यान्डबल) विपना ब्लोन (स्क्वास) मिनु गुरुङ (बक्सिङ) श्याम बुढाथोकी (खो खो) रत्नजित तामाङ (ब्याडमिन्टन) सोनी तामाङ (ट्राइथोलन) अन्जली चन्द (क्रिकेट) आयशा शाक्य (तेक्वान्दो) सुवास तामाङ (गल्फ) देविका खड्का (जुडो) सनातन मल्ल (आर्चरी) जुनी राई (उसु) अनुशा मल्ल (बास्केटबल) संगीता धामी (कुस्ती) मेनुकाकुमारी राजभण्डारी (कबड्डी) सन्तोषी श्रेष्ठ (एथलेटिक्स) बुद्धिबहादुर तामाङ (साइक्लिङ) सर्वोत्कृष्ट खेलाडी गौरिका सिंह (पौडी) मन्डेकाजी श्रेष्ठ (कराते) प्रतिभावान खेलाडी आयशा शाक्य (तेक्वान्दो) सुजल श्रेष्ठ (फुटबल) उदीयमान खेलाडी सुवास तामाङ (गल्फ) संगीता धामी (कुस्ती) पारा एथ्लेट केशव थापा (टेबल टेनिस) गजराज आदर्श खेल व्यक्तित्व अकवर शाह (कराते) एनएनआईपीए पत्रकारिता सम्मान रोशन सिंह राउत (अन्नपूर्ण पोष्ट)