काठमाडौं ( अस) । सिटिजन्स बैंक इन्टरनेशनल र बुटवलमा रहेको एसईईडी ल्याब प्रालिबीच बैंकका कार्डवाहकलाई ३० प्रतिशत छुट दिने सम्झौता भएको छ ।
सम्झौतापछि बैंकका कार्डवाहकले एसईईडी ल्याबका सबै सेवा सुविधामा ३० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकको छ । हाल बैंकले १७४ शाखा, १२३ एटीएम र ९२ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।