चितवन - चितवनमा जन्मिँदै नाइटो नबनी नाइटोको भागबाट आन्द्रा बाहिर निस्किएको शिशुको शल्यक्रिया सफल भएकाे छ । चिकित्सकहरुका अनुसार याे जन्मिँदै एकदेखि दुई लाख बच्चामध्ये एक जनामा देखिने दुर्लभ समस्या हो ।
चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सीएमसी) का पेडियाट्रिक सर्जन डा.प्रकृति गिरीको नेतृत्वमा एनेस्थेसिया डा. विमल रानाभाट, डा.प्रिन्स दवाडी, डा. मयङ्कराज कर्णसहितको चिकित्सक टोलीले सफल शल्यक्रिया गरेको हो ।
शिशुको नाइटोको भाग नबनेको र त्यही ठाउँबाट आन्द्रा बाहिर निस्किएको थियो । आन्द्रा समेत फुल...